वस्तु काठामाण्डौँ सम्पर्क समाजद्वारा वस्तुका विपन्न परिवारलाई सहयोग

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
गुल्मी, चैत्र २० ।
वस्तु काठमाण्डौँ सम्पर्क समाजले कोरोना वाट प्रभावित वस्तुवासीलाई सहयोग गरेको छ । वस्तु काठमाण्डौँ सम्पर्क समाजले विपन्न परिवारका लागि विभिन्न व्यक्तित्वहरुबाट एकमुष्ठ रकम ६८ हजार ५ रुपैयाँ सहयोग गरेको हो ।
कोरोना भाइरसको महामारीबाट असर परेका विपन्न परिवार तथा ज्याला मजदुरी गरेर खाने वस्तु वासीका लागी केही राहत पुगोस भन्ने हेतुले सहयोग गरेको वस्तु काठमाण्डौँ सम्पर्क समाजका अध्यक्ष ई. कृष्ण प्रसाद भण्डारीले वताउनुभयो ।
कोरोना भाइरसको प्रभावबाट देश लगडाउनको अवस्थामा रहदा दैनिक काम गरेर खाने मजदुर वर्ग तथा अशक्त, अपांग, एकल महिलाहरुको सहयोगको लागी धुर्केट गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत सहयोग गरेको समाजका पूर्व सह सचिव झविन्द्र विश्वकर्माले बताउनुभयो ।
धुर्कोट गाउँपाकिलाले केही दिन पहिला गरेका अपिल बाट हाल सम्म गाउँपालिकाको विपद व्यवस्थापन कोषमा नेकपा धुर्कोट गाउँपालिका का सम्पूर्ण कार्यकर्ता तथा पाटी सदस्यहरुबाट १ लाख, जैसिथोक गुल्मी समाज द्वारा एकमुष्ठ ९० हजार, वडा नं. ६ निवासी अनन्त कुँवरबाट १० हजार, वडा नं.७ निवासी युवराज घिमिरे र वडा नं. ४ निवासी राजन के.सी बाट विभिन्न खाद्यान्न सामाग्री गरी ५ लाख भन्दा बढी रकम तथा केही खाद्यान्न समेत संकलन भइसकेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । गाउँपालिकाले कोरोना वाट प्रभावितहरुका लागि वर्ग छुट्टाएर राहत वितरण कार्य सुरु गरिसकेको छ ।