७९ करोड खर्च गरेर नयां नोट छापियो

प्रकाशित मिति:

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं अघिसम्म मात्रै ६२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको छ ।

राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५र७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको हो । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड प्रति बढी नोट छापेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२ लाख थान, २० रुपैयाँको ६ करोड ९६ लाख ५० हजार थान, ५० रुपैयाँ दरका १० करोड १५ लाख थान र १ सय रुपैयाँ दरका ३ करोड ८३ लाख थान नयाँ नोट छापिएको छ ।

यसैगरी ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन् ।