उद्योगी नगेन्द्र अग्रहरीले विपन्न गरिब परिवारको लागि दिए एकाउन्न हजार

२० चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
35 Shares


रबिन्द्र यादव / नवलपरासी –लकडाउनको समयमा दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष , युवा समाजसेवी र आरती एग्रो र नवलपरासीका उद्योगी सुवासचन्द्र अग्रवालले रु ५१ हजार सहयोग गर्नु भएको छ। नवलपरासीका उद्योगी ओमप्रकाश अग्रहरीले रु ५१ हजार सहयोग गर्नुभएको छ , उहाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष र अग्रहरी ओम नेचर फुड्स प्रालिका सञ्चालक हुनुहुन्छ र एस। के। खाध्य उधोगका संचालक सुरज अग्रवाल बाट रु।२५००० नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी बाट रु।२५००० नाग नागिन खाद्य उद्योग बाट रु । २१००० सहयोग प्राप्त भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ मार्फत राहत वितरणका लागि उहाँहरुले संघको राहत कोषमा उक्त रकम आज सहयोग गरेका हुन् । ‌विश्वलाई नै कोरोना भाईरस९कोभिड–१९० ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको नगेन्द्र अग्रहरीले बताउनुभयो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीका अनुसार यी सबै रकमलाई जिल्ला प्रशासन , स्थानिय तह र जिल्ला समन्वय समितिको समन्वयनमा जिल्लाको सात वटै स्थानियमा वितरण गर्ने जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया