स्वस्थ्य सामाग्री खरीद प्रकृयाको विषयमा तत्काल छानवीन शुरु गरीने लेखा समितीका सभापती शाह भनाई

प्रकाशित मिति:

बुटवल । सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाहले देश महामारीमा परिरहँदा गुणस्तरहीन सामान ल्याएर देश र जनतामाथी खेलवाड भएको वताउनु भएको छ । उहांले यो प्रकरणमा आर्थिक अनियमितता भए जिम्मेवार मन्त्री वा अधिकारीहरु कोही पनि उम्कन नदिनआफू प्रतिबद्द रहेको वताउनु भयो । उहांले घटनाको निष्पक्ष छानविन गर्ने प्रक्रिया तत्त्काल थाल्ने
पनी वताउनु भएको छ । सरकारले आइतबार चीनबाट टेन्डर गरी स्वास्थ्य सामाग्री ल्याउन थालिरहँदा टेन्डर पाएको कम्पनिले सामान समयमै ल्याउन नसकेको भन्दै सबत्र आलोचना हुन थालेको भन्दै उहाले सरकारको पछिल्लो भनाई दोभाषे भएको तर्क गर्नु भएको छ ।

एकातर्फ सामाग्री गुणस्तरहीन भएको पुष्टि हुनु र विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेको सामान भित्राउनु गम्भीर विषय भएको वताउदै सिंगो देश महामारीको संकटमा जुधिरहँदा र सरकारले खडा गरेको कोषमा धमाधम रकम जम्मा भइरहँदा लापरबाही र अनियमित क्रियाकलाप हुनु ठिक नभएको वताउनु भयो ।