देशभरका मालपोत कार्यालयहरुमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने सरकारको तयारी

प्रकाशित मिति:

सरकारले मालपोत कार्यालयहरुमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली देशभरनै कार्यान्वयनमा ल्याउने बताएको छ । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा यो अनलाईन सेवा प्रवाहा भईसकेको छ भने केही जिल्लाहरुमा सञ्चालनको प्रकृयामा रहेको छ । तर रुपन्देहीको भैरहवा , मर्चवार र बुटवल गरि तिन ठाउँमा मालपोत कार्यलयहरु रहेको छ । ति माध्य भैरहवाको मालपोत कार्यालयले मात्र अनलाईन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
तर बुटवलको मालपोत कार्यलयले भने केही महिनामानै अनलाईन प्रणाली सञ्चालनमा ल्याउने बताएको छ । कार्यलयका मालपोत अधिकृत खिमानन्द आचार्यका अनुसार कार्यलयका सवै कार्यहरु निरन्तर सञ्चालन भएता पनि अनलाइन सिस्टम सञ्चालनको तयारी भैरहेको बताउँनु भयो । यो प्रणलीले आम सर्वसाधरण जनता र सेवाग्राहीलाई सहज हुने बताउँनु भयो ।

तर मालपोत कार्यलयमा आएका सेवाग्राहीहरुले कर्मचारीले लापरवाही गर्ने गरेको गुनासो गरेका छन् । समयमै नआउने , कार्यलयमा नभेटिने , समयमै काम नगर्नाले निकै समस्यहरु हुने गरेको आरोप सकेत लगाएका छन् । अव यो अनलाईन प्रणाली आए केही सहज हुने आशावादि रहेपनि सहि प्रणालीको सहि व्यवस्थापन हुन नसक्दा यो व्यवस्था प्रति विश्वास गरिहाल्न नसक्ने बताएका छन् । उनिहरुले यातायात र लाईसेन्स कार्यलयको उदाहरण दिदै अन्लाईन प्रकृया वाट कार्य प्रारम्भ भएता पनि नेपालको सरभर र अनलाईन प्रणालीले समयमै कार्य सम्पन्न हुने विश्वस्त हुने वातावरण नरहेको बताए ।