गुल्मी मुसिकोटको तारिके भीरमा अड्किएकी महिलाको उद्धार

२० चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / गुल्मी  – गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ अर्छुङको तारिके भीरमा अड्किएको अवस्थामा रहेकी एक महिलाको नेपाली सेनाद्धारा उद्धार गरिएको छ ।भारतको मधुपुर घर भएकी अन्दाजी ३५ बर्षीय घुना नाम बताउने महिलाको नेपाली सेना र नेपाल प्रहरी र जनप्रतिधिको सहयोगमा सहयोगमा महिलाको शकुसल उद्धार गरिएको हो ।साथै उद्धार गरिएकी महिलालाई वामी स्वास्थ्यचौकीमा स्वास्थ्य परिक्षणपछि उनलाई मुसिकोट नगरपालिका ७ को रुद्रावति बहुमुखी  क्याम्पसको क्वाराइन्टाइनमा राखिएको

र उनको स्वास्थ्य अवस्था सामान्य रहेको मुसिकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।बुधवार साँझ अवेरसम्म पनि उद्धारको प्रयास गरिएता पनि अँध्यारो जोखिमपूर्ण ठाउँ भएकोले हिजो उनको उद्धार गर्न नसकेपछि आज बिहानै उनको नेपाली सेना नेपाल प्रहरी र जनप्रतिधिहरु एवं स्थानीयवासीहरुको सहयोगमा महिलाको उद्धार गरिएको वडाअध्यक्ष सापकोटाले जानकारी दिए ।मुसिकोट नगरपालिकाको वडा नं ८ को अर्छुङ नजिकैको तारिके भीरमा मोटरबाटोबाट करिव ३ सय मिटर तल भिरमा अड्किएको अवस्थामा भेटिएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया