गुल्मीको वामी टक्सारमा दोस्रो नौमती बाजा महोत्सव सम्पन्न

प्रकाशित मिति:

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ गुल्मीको मुसिकोट नगरपालिकाको वामी टक्सारमा दोस्रो नौमती बाजा महोत्सव सम्पन्न भएको छ । विगतमा निकै महत्वका साथ प्रयोगमा आएको नौमति बाजा पछिल्लो समयमा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा त्यसको प्रंचार प्रसार गर्दै महत्व झल्काउने उद्देश्यले वामी बिश्व सम्पर्क मञ्चको आयोजनामा उक्त नौमती बाजा महोत्सब आयोजना गरिएको सो कार्यक्रमका संयोजक बैकुण्ठ रायमाझीले बताउँनु भयो ।
महोत्सबको अवसरमा नौमती बाजा प्रतियोगीताका साथै नौमती बाजामा पुरुष तथा महिलाको नृत्य प्रतियोगीताको समेत आयोजना गरीएको थियो ।
नौमती बजा प्रतियोगीतामा भिरखानी पञ्चेवाजा समुह चन्द्रकोट गाउँपालिका भिरखानीप्रथम भएको छ । प्रतियोगितामा मुसिकोट नगरपालीका अन्र्तगत नौमति वाजा संरक्षण समिति वामी मैदान दोश्रो र गल्कोट नगरपालिका अन्र्तगत घुम्टे नौमति वाजा समुह तोश्रो भएका छन् ।
प्रतियोगिातमा प्रथम हुने समूहलाई ३३ हजार ३ सय ३३, दोश्रो हुने समूहलाई २२ हजार २ सय २२ रुपैया र तोश्रो हुने समूहलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार रकम प्रदान गरिएको थियो । उक्त महोत्सवमा उत्कृष्ट सनाई बजाउँने बडिगाड गाउँपालिका अन्र्तगत दगाका नवप्रतिभा वाजा समुहका सनाई वादक लोक वहादुर दर्जिलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारप्रदान गरिएको थियो ।
प्रतियोगितामा महिला नृत्य तर्फ सुष्मासिंह ठकुरी प्रथम, रुपा राना मगर द्वितिय र विन्दु परियार तृतीय बनेका थिए ।त्यस्तै पुरुष नृत्य तर्फ मदन दर्लामी प्रथम, राजेन्द्रसिंह ठकुरी द्वितिय, रोम रायमाझी तृतीय भएका थिए ।कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार नारायण रायमाझी, जनगायक जिवन शर्मा, संगितकार, बिजु बज्र, नविन पौडेल, लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियार, गंगा बस्नेत लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
महोत्सवको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गदैैै कला र संस्कृतिको संरक्षण र विकासले राष्ट्र विकासमा ठूलो योगदान पुराउने बताए ।