भगवान विष्णुको चक्रको उत्पत्ति कसरी भयो ?

२० चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एक पटक नारायण अर्थात् भगवान विष्णुले आफ्नो इष्ट देवीको देव महादेवलाई प्रसन्न गर्न एक हजार कमलको फुल चढाउने सोच बनाए । पुजाको सारा सामाग्री जम्मा गरेपछि उनले आफ्नो आसन ग्रहण गरे, आँखा बन्द गरेर संकल्पलाई दोहो¥र्याई अनुष्ठान शुरु गरे ।वास्तवमा शिवजी इष्टका नारायण हुन् र नारायणको इष्ट शिवजी हुन् । आज भगवान शंकर भगवानको भुमिकामा थिए, र भगवान नारायण भक्त थिए । भगवान शिवले शंकरलाई एउटा ठट्यौली गरे । उनले चुपचाप सहस्र कमलोबाट कमल चारे । नारायण आफ्नो इष्टको भक्तिमा लेन थिए । उनलाई यसको बारेमा केही थाहा थिएन् । जब नारायणले नौ सय उनानसय कमल चढाएपछि एक हजार कमल चढाउनको लागि थालमा हात राख्दा कमलको फुल त्यहाँ थिएन् ।कमल फुल ल्याउनको लागि न उनी आफै उठ्न सक्थे न जान सक्थे नत कसैलाई बोलाएर मगाउन नै सक्थे

। किनकी अनुष्ठान गर्ने समयमा कसैसंग बोल्न र उठेर जान हुदैनथ्यो ।उनले आफ्नो मायाले कमल फुल थालमा प्रकट गर्न सक्थे तर उक्त समयमा भगवान नभई आफ्नो इष्टको भक्तको रुपमा थिए । अतः उनले आफ्नो शक्तिको उपयोग आफ्नो भक्तिमा गर्न चाहादैनथे ।नारायणले सोचे मानिसहरुले मलाई कमल नयन भन्थे, तब नारायणले आफ्नो एक आँखा शरीरबाट निकालेर शिवजी को कमल फुल जस्तै अर्पित गरेर आफ्नो अनुष्ठान पुरा गरे । नारायणको यति धेरै समर्पण देखेर शिवजी प्रसन्न भए, उसको आँखाबाट प्रेमाश्रु बाहिर निस्किए । यति मात्र होइन नारायणको त्यो त्यागसँग भगवान शिव मन बाट मात्र नभई शरीरबाट पनि पग्लिए र तत्कालै चक्रको रुपमा परिणत भए । उही चक्रलाई नारायणले सधै धारण गरिरहन्छन् । उक्त समयदेखि नारायणले सधै चक्र आफ्नो दाहिने हातको औलामा लगाउँछन् । यसैले शिव र नारायण सधै एक अर्कासँग बस्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया