सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम

प्रकाशित मिति:

काठमाडौँ /कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । नेपालमा हालसम्म ६ जना संक्रमित फेला परेका छन् ।यो महामारी फैलाउने भाइरसको संक्रमणका कारण विश्वभर करीब ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख १४ हजार नाघेको छ । यसरी विश्वभर नै वितण्डा मच्चाउने कोरोनाको संक्रमण मधुमेह र उच्च रक्तचाप भएका मानिसकका लागी घातक हुने जानकारी आएको छ ।

एक रिर्पोटका अनुसार कोरोना भाइरसको संक्रमण मधुमेह र उच्च रक्तचापका बिरामीलाई खतरनाक हुन्छ । दि लैन्सेटमा प्रकाशित एक रिपोर्टका अनुसार मधुमेह र उच्च रक्तचाप भएका ब्यक्तिमा कोरोनाको संक्रमण हुने संभावना रहेकाले सावधान हुनु आवश्यक हुन्छ ।

रिपोर्टका अनुसार यी रोगका बिरामी सेवन गर्ने औषधिलाई एन्जियोटेन्सिन कन्भर्टिगं एन्जाइमभनिन्छ । यसले मानिसको कोषमा असर पार्ने काम गर्दछ । वैज्ञानिकका अनुसार ती औषधिले कोषमा असर पार्दा कोरोना भाइरसलाई आक्रमणका लागी सहज बन्ने गर्दछ ।विश्वभरका करौडौं मधुमेह तथा उच्च रक्ताचापका बिरामीहरु रोग नियन्त्रणका अनुसार यस प्रकारको औषधिको सेवन गर्दछन् । अब यो नियमित औषधि खाने मधुमेह तथा उच्च रक्तचाप बिरामीलाई यो लाग्न सक्छ कि तत्काल यौ औषधि छोड्नु पर्ला ।तर स्वास्थ्य विशेषज्ञका अनुसार बिना चिकित्सकको सुझावले यी औषधीको सेवन बन्द गर्नु हुदैन । बरु यसका लागी रोग प्रतिरोधात्मक शक्ति बढाउने गर्नुपर्दछ ।-खबरहब बाट साभार