शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो

प्रकाशित मिति:

काठमाडौं, चैत २१ : शिरान टेक्नोलोजिज्ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल समाम्रीमा संलग्न रहेको भन्ने समाचार आफुले डिलेट गरेको स्विकार गरेको छ।

विहिबार राती काठमाडौं प्रेसलाई उक्त कम्पनीले समाचार डिलेट गर्दै माफि मागेको पत्र पठाएको छ। पत्रमा भनिएको छ, ‘काठमाडौं प्रेस डटकम न्युज पोर्टलमा चैत १८ गते प्रकासित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकासित समाचार चैत १९ गते केही समयका लागि यसको वेवसाइटबाट हटेको अनपेक्षित घट्नाप्रति हामी सिरान टेक्नोलोजीज प्रा.लि. माफि माग्न चाहन्छौं।

शिरानले देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले ‘वर्क फर्म होम’बाट काम गरिरहेको छ। अहिलेको यो विषम परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रादन हुँदा गम्भीर त्रुटी हुन गएको जनाएको छ। @kathamandupress