घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्

२१ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
44 Shares


दिपक न्यौपाने बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सीमा बिगत ९ महिनादेखि कार्यरत मेडिकल अफिसर डा। बिनोद बढाइ छिमेकी जिल्ला कपिलबस्तुका हुन् । उनी बुटवलमा जागिर गर्न थालेदेखि नै जानकीनगरमा फ्याल्ट नै लिएर बस्न थाले । अविवाहित उनी एक्लै बस्छन र प्राय काममा नै खटिरहेका हुन्छन ।

तर आइतबार बुटवलमा कोरोनाको आशकामा उपचार गराइरहेका रुपन्देही सैनामैनामा बस्ने बाबुराम थापाको मुत्यु भएपछि उनलाई घरबेटीले बाहिरै बस्न सुझाए । आफु बसिरहेको फ्याल्टमा सामान त्यही राखेर ताल्चा ठोकी आइतबारबाट उनी होटलमा बस्न पुगेका छन । जहाँ प्रादेशीक अस्पतालले निश्चित स्वास्थ्यकर्मीलाइ बस्ने ब्यबस्था मिलाएको छ ।

कोरोनाको आशंकामा मान्छे मर्न थालेको भन्दै घरबेटीले छरछिमेकीले पनि नराम्रो मान्न थाले । ‘तपाईहरुबाट पनि हामीहरुलाई जोखिम बढ्छ भन्दै अब सक्रमणको जोखीम नसकिदासम्म बाहिरै बस्नुहोस भने, डाक्टर बिनोदले भने । हप्ताको एक दिन राउन्डमा बुटवल कोरोना बिशेष अस्पताल धागो कारखानामा पनि जानुपर्छ । नियमित रुपमा काममा खटिरहनुपर्ने बाध्यता छ ।

‘ड्युटीको टुङगो हुदैन । अझ बिभिन्न देशमा डाक्टरहरु पनि कोरोनाको उच्च जोखिममा भन्ने समाचारको प्रभाबले हुनसक्छ घरबेटीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथी आशंका गरिरहेका छन्, उनले भने । आफु माथिल्लो फ्याल्टमा बस्ने भएकाले त्यस्तो जोखिम हुदैन भन्दै गर्दा घरबेटीले त्यसो भनेपछि अब डेरा सर्ने उनको भनाइ छ ।

यस्तो बेलामा चिकित्सकलाई सबैले सहयोग हो तर त्यसो हुन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई भन्छन, ‘यस्तो समयमा कोही आत्तिएर हुदैन, यो संयमित हुने बेला हो सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ ।’

आइतबारर्क घटनामा मृतककी श्रीमती बिचल्लीमा परेकी थिइन । आफन्त र इस्टमित्र कोही आएनन् । साझ एम्बुलेन्सको ब्यबस्था गरेर घर पठाइएको थियो । कोरोना हो होइन अझै पुष्टी भएको छैन तर आत्तिने र हतास मानसिकता बोक्नु नहुने उनले बताए ।

यस्तो बेलामा स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका हुन्छन । उहाहरुलाइ सबैले सहयोग गर्नुपर्ने भट्राईको भनाई छ । उनीमात्र होइन अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाको जोखिम बढ्ने र आफूहरुलाइ सर्ने सम्भावना रहेको भन्दै घरबेटीहरुले डेरा गरी बस्ने स्वास्थ्यकर्मीमाथी कर्के नजर लाइरहेका छन ।

डा दुर्गा सुर्खाली भन्छन – ‘हामी नेपाली सजगभन्दा बढी त्रसित हुन्छौ । यस्तो बेलामा स्वास्थ्यकर्मी नहुने हो भने हालत के हुन्छ रु सबैले शंका गर्नुभएन र आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्यो । ”

यता घरबहाल सरोकार महासघं नेपालका केन्द्रिय अध्यक्ष बलभन्द्र कुवरले भने नेपाल सरकारले १ महिनाको भाडा नलिन भन्दै आग्रह गरेको बेला दिनरात खटिने स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मीलाई सम्मानजनक र एकनाशको ब्यबहार गर्नुपर्ने बताए । यस्तो बेलामा सजग सबै हुनुपर्ने तर भाडामा बसेको भन्दैमा दुख दिने कोठामा नआइज भन्न कदापि नमिल्ने उनी बताउछन ।@lumbinidainik

फेसबुकबाट तपाईको प्रतिक्रिया