लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे रोटीसम्म !

प्रकाशित मिति:
दिपक न्यौपान बुटवल । ५६ बर्षकी जाल्पा भुषाल अर्घाखाचिबाट नेकपाको प्रतिनिधित्व गर्दै प्रदेश ५ को प्रदेश सांसदको भुमिका निभाइरहेकी छिन । बिगत २ बर्षदेखि नियमित रुपमा बुटवलमा बस्न थालेपछि उनको ब्यस्तता ह्वात्तै बढेको छ । पार्टीको कामदेखि संसदसम्म उनको महत्वपुर्ण भुमिका छ ।

अर्घाखाची भुमिकास्थानकी भुषाल ब्यस्त समयका बाबजुद खानेकुराको आनीबानीलाइ बडो महत्व राख्छिन । ‘ओहो मलाइ त डम्फे रोटी (बगने रोटी) असाध्यै मन पर्छ , भुषाल भन्छिन – उमेर बढ्दै गएपछि स्वास्थ्यमा पनि ख्याल गर्नुपर्छ । माछामासु चल्दैन । आफ्नो स्वास्थ्यलाइ ख्याल गर्दै घरमै करेसाबारी बनाएकि छु । अहिले कोरोनाको महामारी छ त्यसैले पनि घरको उत्पादनमा बढी जोड दिएको छु ।’उता नेपालगन्जका नेपाली काग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाललाई खानामा यहि नै चाहिन्छ भन्ने छैन । बिशेष गरी नेपाली खाना उनको रोजाइमा पर्छ । हाल परिवारसगै काठमाण्डौ रहेका हमाल सन् २०१२ सालमा क्यान्सर पिडित थिए ।

सिरियाको राजधानीमा सम्पन्न ३५ औ एसियन भारत्तोलनका पहिलो अन्र्तराष्ट्रिय पदक बिजेता उनी उसुनेको चामलको भातमा जोड दिन्छन । दिनमा एक छाक भात खान्छु, हमालले दैनिक लुम्बिनीसग कुरा गर्दै भने – ‘साझ प्राय रोटी खान नै चित्त बुझाउछु । बिहानको समय दुधको चिया नपिउने उनी कहिलेकाही थोरै मदिराको स्वाद पनि लिने गर्छन ।’ यता नेकपाका प्रमुख सचेतक तथा युवा नेता भुमिश्वर ढकाल पछिल्लो समय सुगर, प्रेसर र युरिक एसिडको बिरामी छन । उनी बिहान उमारेको चना मेथी र मुङको दाल अनिवार्य खान्छन । प्राय आटो नै खान्छु, ढकाल भन्छन – ‘पहिला माछामाछा धेरै नै खाइन्थ्यो, आजभोली शुद्ध सादा खानामा नै जोड दिन्छु ।’ प्रदेश ५ मा रेहका ८७ सांसदका आफ्नै आनीबानी छन । कोही खानामा औधि जोड गर्छन भने कोही हल्का सामान्य खानामा चित्त बुझाइहाल्छन । नेपाली काग्रेसकी सांसद पुष्पा थरुनी ढिकरीमा मन जाने बताउछिन ।

कोरोना संक्रमणको जोखिमका कारण घरमै बसिरहेकी बेला पनि अन्य समय जस्तै सामान्य दाल भात तरकारी नै खाइरहेको उनको भनाइ छ । ‘समय समयमा घोगी खान्छु, थारु समुदायको मिठो परिकार हो, थरुनी दैनीक लुम्बिनी डटकमसग गफिदै भनिन – ‘शुद्धोधनमा माछाका परिकार अली बढी पाइने भएकाले पनि बेला बेलामा माछा र घोगी खाने गरेकी छु ।’प्रतिपक्ष नेपाली काग्रेसका युवा नेता ४० बर्षीय फखरुद्धिन खानलाई सिजनेबल फलफुलका जुस मन पर्छ । २०६४ सालदेखि राजनितिमा होमिएका उनी माछामासुमा पनि जोड गर्छन । यद्यपि जंगफुड उनलाइ मनै पर्दैन । रुकुमकी सांसद आशा स्वर्णकारलाई जिम्बुले झानेको दालको रससित आटो पाए अरु केही चाहिदैन । ‘प्राय मैले रुकुमबाटै आटो र दाल मगाउछु, बुटवल नयाँगाउँमा डेरा गरी भतिज र दिदीसँग बस्ने सुगरपिडीत स्वर्णकार भन्छिन – ‘बास्तबमा बजारको खानाभन्दा त गाउँमै पाइने अर्गानिक खाना कत्ति हो कत्ति स्वादिलो । लकडाउनकै कारण डेरामै थन्किएकी उनी जिल्ला भ्रमणमा जादा बोरामै सामान राखेर खानेकुरा लिएर आउछिन ।

यसरी प्रदेश पाँचका सांसदका खान्किको परिकार र रुचि फरक फरक छन । केहि सांसदहरु कहिलेकाही मदिरासगै जंग फुड पनि खाइरहेका भेटिन्छन ।
रोल्पा १ को १ बाट निर्वाचित प्रदेशका आन्तरीक मामीला तथा कानुनमन्त्री समेत रहेका कुलबहादुर केसी केही समय अगाडी प्रेसर कन्ट्रोल गर्न भन्दै बुटवलको हिलपार्कमा जमराको जुस खान्थे दौडन्थे ।

प्राय: महिला सांसद आफै पकाउछन्  ८७ सांसद रहेको प्रदेश पाचमा ३१ जना महिला सांसद रहेका छन । प्राय महिला सांसदहरु घरमै खानेकुराहरु आफै पकाउदै खान्छन र घरका अन्य सदस्यहरुलाई पनि खुवाउछन । ‘महिलाको काम घरदेखि सदनसम्म हुन्छ, सांसद पुष्पा थरुनी भन्छिन –‘घरमा सासु छोरा छोरी श्रीमानका लागी पनि खाना म आफै बनाउछु ।’ कहिलेकाही त परीवारको सदस्यहरुकै बीचमा फरक फरक रुचिका परिकार बनाउनुपर्ने हुन्छ । तैपनि म झर्को नमानी बनाउछु, उनले भनिन् । उता पाल्पा जिल्लाबाट नेकपाकी सांसद रमा घर्तीलाइ पिनेर बनाएको टमाटरको चटनी नभइहुदैन । बुटवलमा छोरासग डेरा गरी बस्ने रमा कक्षा १२ मा पढ्दै गरेको छोरालाइ पनि नियमित पकाएर खुवाउछिन । बिहान कागती र मह राखेको माने गिलासमा पानी पिएर शुरु हुने उनको दैनिकीमा सामान्य खानाका परिकार नै हुने गर्छ । ‘मगर भएपनि मदिरा चल्दैन र यो खानुहुदैन – रमा थप्छिन,‘टाउको दुखेर अहिलेसम्म सिटामोटल पनि खाएको छैन । सायद मेरो सरल र सामान्य घरकै परिकार खाने बानीकै कारण यस्तो सम्भब भएको होला ।’ रुपन्देही बाहिरका अधिंकाश महिला सांसद बुटवल आसपासका बिभिन्न ठाउमा डेरामा बस्दा आफै पकाएर खाने गरेको दैनिक लुम्बिनीलाई बताए ।@lumbinidainik