नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी

प्रकाशित मिति:

बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाका सदस्य बिराज मानन्धरलाई सामाजिक सञ्जालमा गरेको सामान्य टिप्पणीको आधारमा घरबाटै गिरफ्तार गरेको घट्नाको नेविसंघ महामन्त्री युवराज पाण्डेले निन्दा र भर्त्सना गर्नु भएको छ । ठूला ठूला भ्रष्टाचार र अनियमितता गर्नैलाई संरक्षण गरिरहेको नेकपा सरकारले बिचार अभिब्यक्ति स्वतन्त्रता समेत कुन्ठित गर्ने नियतले आफ्नो बिरोध गर्ने र असहमति राख्ने उपर बिभिन्न लाञ्छना लगाई मुद्दा चलाउने, गिरफ्तार गरि दुख र यातना दिने गरिरहेकोमा आज त्यही उद्देश्यले बिराज मानन्धरलाई पनि डर, त्रास देखाउन र भयवित पार्ने षडयन्त्र अन्तर्गत गिरफ्तार गरेको पाण्डेयको ठहर रहेको छ । तत्काल बिनाशर्त रिहाइको निम्ति जोडदार माग गर्दै , मागको बेवास्ता गरिए कठोर भन्दा कठोर कदम चाल्न ने।वि।संघ महामन्त्री युवराज पाण्डेयले चेतावनी दिनु भएको छ ।