बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म

प्रकाशित मिति:

प्रकाश न्यौपाने

चैत्र २१

काठमाण्डौं ।  तपाई बिमा गर्न अभिकर्ता वा सभेयर हुनुहुन्छ ? यदि हो भने तपाईलाई थाहा छ होला, चैत्र मसान्तसम्म बिमा समितिमार्फत तपाईले आफ्नो इजाजत प्रत्र नविकरण गर्नु पर्दछ । आजको मिति देखी चैत्र मसान्त आउन १० दिन बाकि छ ।

यदि तपाई यो दश दिनमा कसरी इजाजत प्रत्र नविकरण गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भनेयो चिन्ता अब गर्नु पर्दैन किनकी बिमा समितिले चैत्र २० गते जारीगरेको परीपत्र नम्बर २१ अनुसार चार बुद्धे निर्देशन जारी गरेको छ । निर्देशनको बुद्धा नम्बर ग मा चत्रै मसान्तमा नविकरण गर्नु पर्ने बिमा अभिकर्ता र सर्भेयरले इजाजतपत्र ९लाइसेन्स० नवीकरणका लागि ०७७ वैशाखसम्म म्याद थप गरेको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्धारा हस्ताक्षर गरीएको परीपत्रमा उल्लेख गरीएको छ । बैशाख मसान्त सम्मको अवधिमा लाइसेन्स नवीकरणका लागि थप शुल्क पनि तिर्न नपर्ने व्यवस्था समितिले गरेको छ । निर्जीवन बिमाको दाबी भुक्तानी सम्भव भएसम्म चाँडो गर्न पनि समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ । ‘निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्याुतीय माध्यमबाट समेत निवेदन प्राप्त भए अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने,’ समितिको निर्देशनमा भनिएको छ । गत साता सरकारले गरेको निर्णयको आधारमा समितिले यी सबै निर्देशन जारी गरेको हो ।