कृष्णनगर घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ः–युवा नेता अकरम पठान

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु /  सघिंय समाजवादी फोरम नेपाल ५ नं. प्रदेश प्रवक्ता तथा युवा नेता अकरम पठानले गत शुक्रबार दुर्गाको मुर्ति बिर्सजनको क्रममा भएको घटनामा संलग्नलाई कारवाहीको लागि सरकारसँग जोडदार माग गरेकाछन् । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमा शुक्रबार रातीमाँँ दुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमको क्रममा पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिना मस्जिद अगाडी भित्र परिक्रमा गरि शिवानगर पोखरीमा बिसर्जन गर्ने तैयारीका क्रममा मदिना मस्जिद अगाडि मुर्ति लिएर आएका केही व्याक्तिहरुले मस्जिद माथि ढुंगा मुढा गरेका थिए । युगौ देखि धार्मिक सहिष्णुता रहेको.कृष्णनगरमा आपसी एकता, अमन चैन बिगर्ने प्रयास गरेको भन्दै पठानले त्यसको बिरोध जनाएका हुन् । उनले यो घटनाले सदियौं देखी चलिरहेको हिन्दू र मुस्लिम बीचको भाईचाराको सम्बन्ध केही छिनमा बिगार्ने प्रयत्न गरेको बताएकाछन् । उनले शान्ति व्यवस्था कायम गर्न सहयोग पुराएकोमा स्थानीय व्यापारी , आम जन मानस ,कृष्णानगर बुद्ध जीवी समाज लगायत प्रहरी , प्रशासन लाई धन्यवाद दिएका छन् ।