फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध ।

२१ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
844 Shares


बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाका सदस्य बिराज मानन्धरलाई सामाजिक सञ्जालमा गरेको सामान्य टिप्पणीको आधारमा प्रकाउ गरीएपछी नेविसंघका नेताहरुले विरोध गरेका छन् । नेपाल विद्यार्थि संघका महामन्त्री दिपक भट्टराईले कडा शव्दमा विरोध गर्नु भएको छ । विना शर्त तत्काल रिहाई गर्न गर्न पनी उहाले सरकार संग माग गर्नु भएको छ । आज विहान घरमा वसीरहेको वेला पक्राउ गरीएको नेविसंघ स्याङ्जा अध्यक्ष अजीत क्षेत्रीले जानकारी दीनु भएको छ । सामान्य कमेन्ट गरीएकै भरमा पक्राउ गरीएको  भन्दै  विना शर्त रिहाई नभए आन्दोलन गरीने क्षेत्रीले चेतावनी दीनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया