नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग

प्रकाशित मिति:

काठमाडौँ । नेपाली काँग्रेस सप्तरीले जिल्लामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारसँग ७ बुँदे माग गरेको छ । विश्वका २०३ देशमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न संविधानसभा सदस्य रन्जित कर्ण र सकलदेव सुतियारसहित सप्तरीका ५० जना जिल्ला नेताहरुद्वारा प्रेसित पत्रमा ५० जना नेता तथा अगुवा कार्यकर्ताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र लेख्दै ७ बुँदे माग गरेका हुन् । पत्रमा भनिएको छ, विश्वभर भैलिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि छ । नेपाललाई डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेसँगै नेपालमा पनि लकडाउन गरिएको छ।

नेपाली जनताले लकडाउनलाई पुर्ण रुपमा पालना गरि सरकारलाई साथ दिएका छन् । हामीले विदेशी मुलुकजस्तो हुन नदिन पूर्ण सतर्कता अपनाउनु पर्छ। कोरोना संक्रमण नहुँदा सामान्य हुने तर लागिसकेपछि भयावह हुने भएकोले यसमा सचेत हुन आग्रह गर्दछौँ । लकडाउनले विद्यार्थी, दैनिक ज्यालादारी, मजदुरी गरि साँझपाख आफ्नो परिवारको छाक टार्ने श्रमीक बर्ग लकडाउनका कारण समस्यामा परेका छन् । उनीहरुलाई विशेष राहात प्याकेजको घोषणा गर्नु नेपाल सरकार मुख्य काम भएको समेत बताईएको छ। पत्रमा, गजेन्द्रनारायण सिँह अस्पताल र जिल्ला अञ्चल अस्पतालमा तत्काल उपकरणहरु ल्याई कोरोना परिक्षण सुरु गरिनुपर्ने, विभिन्न चेतनामुलक कार्यक्रमहरु गरिनुपर्ने, सीमा नाकामा थप कडाइ गरि, प्रवेश गर्ने सबैको स्वास्थ्य परिक्षण गरिनुपर्ने लगाएत रहेका छन् ।

यस्तो छ नेपाली काँग्रेस सप्तरीको ज्ञापनपत्र ।
श्री माननीय मन्त्री ज्यु,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सिहदरवार काठमाडौ , नेपाल ।

बिषय ज्ञापनपत्र सम्बन्धमा । चीनको वुहानबाट फैलिएको कोभिड(१९ ले विश्वका धेरै मुलुक लकडाउनमा छन् ।नेपाललाई डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेपछि नेपालमा पनि लकडाउन गरिएको छ ।विश्वमा महामारीको रुपमा फैलिरहेको ऋयखष्म( १९ ले नेपालमा असर गरिसकेको छ। विद्यार्थी, दैनिक ज्यालादारी, मजदुरी गरि साँझपाख आफ्नो परिवारको छाक टार्ने श्रमिक बर्ग लकडाउनको कारण समस्या परेका छन् ।उनीहरुलाई विशेष राहात प्याकेजको घोषणा गर्नु नेपाल सरकार मुख्य काम हो । नेपाली जनताले लकडाउनलाई पुर्ण रुपमा पालना गरि सरकारलाई साथ दिएका छन् । हामिले बिदेशी मुलुकजस्तो हुन नदिन पूर्ण सतर्कता अपनाउनु पर्छ। कोरोना संक्रमण नलाग्दा सामान्य हुने तर लागिसके पछि भयावह हुने भएकोलेसप्तरी जिल्लामा बिदेशबाट आउने नेपालीहरुको संख्या ठुलो छ । जिल्ला प्रशासन कार्यलय र स्थानीय तहहरुले यस महामारीको समयमा जन( स्वास्थ्यलाई ख्याल राखी चेतनामूलक कार्यक्रमहरु गर्दै अगाडी बढ्नु पर्दछ ।
त्यसकारण तत्काल केही सकारात्मक परिवर्तनको सन्देश दिन आवश्यक ठानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष यो ज्ञापनपत्र पेश गरेको छौं ।

मागहरु गजेन्द्रनारायण सिह अस्पताल र जिल्ला अञ्चल अस्पतालमा तत्काल उपकरणहरु ल्याई कोरोना परिक्षण गर्न सुरु गरियोस् ।
जिल्ला प्रशासन कार्यलय र सबै पालीकाहरुले यस महामारीको समयमा जन( स्वास्थ्यलाई ख्याल राखी चेतनामूलक कार्यहरू गरियोस्।सप्तरी जिल्ला छिमेकी मुलुकसग सिमा जोडिएकोले सिमा नाकामा अझ थप कडाई गरियोस् ।
जिल्लाका नाकाहरुमा बिदेशबाट आफ्नो मातृ भुमी नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण गरियोस् । हालसम्मको जानकारी अनुसार सेल्फ क्वारेन्टाइनकमा सप्तरी जिल्लामा कोहि पनि विदेशबाट आउने मानिस नबसेको हुनाले कति मानिस विदेशबाट जिल्ला आए सो को तथ्यांक राखी कम्तीमा १४ दिन सेल्फ क्वारेन्टाइनकमा अनिवार्य राखियोस्। जिल्लामा रहेका विद्यार्थी, दैनिक ज्यालादारी र श्रमिक बर्गलाई विषेश राहत प्याकेजको व्यवस्था गरियोस् । ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिई उहाँहरुलाई समस्या परेमा घर( घरमा स्वास्थ्यकर्मी पठाउने व्यवस्था गरियोस् ।
बोधार्थस् जिल्ला प्रशासन कार्यलय सप्तरी। नेपाली कांग्रेस सप्तरी जिल्लाको तर्फबाट निवेदकहरु।ई।रन्जित कर्ण संविधान सभा सदस्य।ई। सकलदेव सुतियार संविधान सभा सदस्य ,महान्नद यदव, शम्भु देव, राधाकान्त देव, धुर्व देव, अर्जुन शाह, मो। इशाद अन्सारी, डा। अनिल झा, डा। शुरेशराज चालिसे, शैलेन्द्र मण्डल, अनिल देव
गुलाव अन्सारी, प्रदिप यादव, कुलान्नद यादव, लोकेन्द्र नायक, अमिर झा ,मो जि गरिल, हुलसित यादव, ई।मिगेन्द्र यादव,दिनेशोर मिश्र,समीर झा,मनोज चौधरी,गोबिन्द यादव, गुलाव सिह,जुगेशोर शाह, रमान्नद पन्डित,। पप्पु मिश्र,। घनश्याम शाह, आन्नद झा, सीता यादव पार्थो सरकार, अर्जुन यादव,।शशिन्द्र मोहन राज,महेश यादव,रामकृष्ण रजक, चन्दन झा,कामनी दास, मालनी चौधरी, गगासागर गुप्ता, अनिता देवकोटा, निलम कर्ण,रमाकान्त बिश्वकर्मा, रणधिर कर्ण, श्याम यादव, शिवभुषण देव,राजकुमार चौधरी, ईन्द्र नारायण देव, इश्वर शाह, श्याम शर्मा