बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण

२१ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
२०७६ चैत २१
बर्दघाट ।  बर्दघाट नगरपालिका रहेका आज वडा नम्बर १० मा रहेका अति विपन्न ६१ घर परिवारहरुलाई राहत बितरण गरेको छ । अति बिपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने र जसको घरमा तत्कालको लागी चुल्हो बोल्न समेत गा¥हो हुने खालका पारीवारहरुलाई राहात प्रदान गरीएका वडा नम्बर १० का वडा अध्यक्ष राजु मिश्रले बताउनु भयो । मिश्र भन्नुहुन्छ –“आज पहीलो चरणमा हामीले अति विपन्न घर परीवारहरुको लागी घर घरमै पुगेर राहात सामाग्री वितरण गरेका छौं । आज अमरदिप टोल देखी विर्तासम्म पुगेर राहात वितरण  ग¥यौ ।”

आज वितरण गरीएको राहात सामाग्री स्वरुप १० केजि चामल, २ केजि दाल, आदा केजि तेल, १ केजि नुन र एक पिस सामान बितरण गरिएको छ । वडा अध्यक्ष मिश्रका अनुसार दास्रो चरणमा भोलि चैत्र २२ गते शनिवार करीव ४० घर परीवारलाई राहात वितरण गरीने छ ।

राहात वितरणमा वडाध्यक्ष राजु मिश्र,वडा सदस्यहरु शिव कार्की, सिता देवि सुनार, विष्णु माया सुवेदी, घनलाल चापागाई र टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया