गण्डकी विकास बैंक द्धारा प्रदेश कोरानाकोषमा ४ लाख रुपैयाँ प्रदान

प्रकाशित मिति:
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न. ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा गण्डकी विकास बैंक लिमिटेडले रु. ४ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल स्थित प्रदेश कार्यलयका प्रदेश प्रमुख मिलन कुमार पुनले प्रदेश ०५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलको कार्यकक्षमै पुगी उक्त रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा मुख्यमन्त्री पोखरेलले महामारीको यो समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो। पोखरामा केन्द्रीय कार्यलय रहेको बैंकले गण्डकी प्रदेशको कोरोना राहत कोषमा रू ०६ लाख रुपैयाँ र अन्य ०६ वटा प्रदेशमा रू ०४ लाखका दरले गरि जम्मा ३० लाख रुपैयाँ प्रदान गरेको जानकारी दिएको छ । गण्डकी बिकास बैंकका हाल देशभरमा ९५ साखा सन्जाल, २७ ATM मेसिन रहेका छ्न भने प्रदेश न. ०५ मा मात्र २० वटा साखा सन्जाल रहेको बैंकका प्रदेश प्रमुख पुनले जानकारी दिनुभयो । सन् २०१९ को November मा चिनमा देखिएको कोरोना भाइरस COVID 19 अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ र फैलिने क्रम जारी छ । छिमेकी देशहरुमा फैलिसकेको यो रोग नेपालमा समेत देखा परिसकेको छ ।यसको विस्तारलाई रोक्न नेपाल सरकारले चैत्र ११ गते देखि २ हप्ताको लागि लकडाउन गरेको छ । जसवाट सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प हुन गएका छन ।यस महामारीको सामनाका लागि हरेक उद्यमी, व्यवसायी, पेशाकर्मी, संघसंस्था तथा सम्पूर्ण नागरिकको सहकार्य आवश्यक भएकोले बैंकको तर्फवाट हुनसक्ने सहयोगका लागि बैंकले निरन्तर भूमिका खेल्ने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले दिनुभयो ।