प्रधानमन्त्रीका पूर्वसल्लाहकार भन्छन्- असगर हथौडा मात्र हुन्, हथौडा चलाउनेको खोजी गर्नुपर्छ

प्रकाशित मिति:

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वप्रेस सल्लाहकार कुन्दन अर्यालले काठमाडौंप्रेसको समाचार डिलेट प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले नै सक्रिय बनेको आशंका गरेका छन्।

‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता!’ शिर्षकको समाचार बुधबार अनधिकृतरुपमा सिरानटेकले हटाएको थियो। समाचार हटाएको कुरा सो कम्पनी आफैँले बिहीबार स्वीकार गरेको छ।

सिरानटेकले माफी मागेपछि प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार अर्यालले ट्वीटमा समचारमा नाम जोडिएका अली असगर र उनकै लगानी भएको कम्पनीले अनधिकृतरुपमा समाचार हटाउने काममा अन्य पात्रहरु समेत संलग्न भएको आशंका गरेका हुन्।

‘असगरजी र विकासजी प्राविधिक मात्र हुन्, म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नु पर्छ भन्छु। यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ,’ उनले भनेका छन्,‘सिरान टेकलाई कसले त्यसो गर्न लगायो, त्यो खोजौं। उनीहरूको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन।’@kathamandupress