सञ्चारकर्मी इमरान खानले कसलाई सपनामा सजाए ? हेर्नुस भिडियो सहित

प्रकाशित मिति:

बुटवाल ७ कार्तिक । कपिलवस्तुमा रहेर १० बर्ष देखी पत्रकारिता गर्दै आएका इमरान खान अभिनय मार्फत अगाडि आएका छन् । उनले अभिनय गरेकोे म्युजिक भिडियो एल्बम ‘सपना सजाउने आश हुँदा’ बजारमा आएको छ । इमरान ‘सपना सजाउने आश हुँदा’ गीतको म्युजिक भिडियोमा मोडलको रुपमा देखा परेका हुन् । उनले बुनु लामासँग पर्दामा रोमान्स गरेका छन । आनन्द कठरियाको स्वर, मोतिराम विष्टको शब्द र दीपक जलन तथा आनन्द कठरियाकै संगीत रहेको आधुनिक गीत ‘सपना सजाउने’ को म्युजिक भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका छन । चेतन सागरको सम्पादन रहेको गीतका दृश्य सुरज खनालले क्यामरामा कैद गरेका छन ।
इमरान मुस्लिम मिडिया सोसाईटी नेपालको राष्टिय अध्यक्ष तथा नेकपा माओबादी केन्द्र निकट भातृ संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय पार्षद समेत हुन ।


हेर्नुहोस् यु टुयुब लिङ्क ः–

 

<iframe src=”https://www.youtube.com/embed/a4mQU_b6cso?list=RDMMa4mQU_b6cso” width=”609″ height=”400″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>