द राईजिङ स्टुडेन्ट बुटवलमा ७ सदस्यीय सल्लाहकार समिति छनोट

प्रकाशित मिति:

रुपन्देही /रुपन्देही जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुद्वारा स्थापना गरिएको द राईजिङ स्टुडेन्ट बुटवलका लागि सल्लाहकार छनोट भएको छ। ७ सदस्यीय सल्लाहकार समितिको छनोट गरिएको हो। रुपन्देहीका विद्यार्थीहरुको हकहितमा आवाज उठाउन तथा निष्पक्ष विद्यार्थीहरुको हकहित सुनिश्चितताको लागि यो संस्था स्थापना गरिएको अध्यक्ष एलिसा बेल्वासेले बताईन।

बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार अमृत गिरि र बुटवल दैनिक डटकमका सम्पादक विवश विष्टलाई प्रेस सल्लाहकारमा राखिएको छ। त्यसैगरि ओम एजुकेशनका निर्देशक तथा समाजसेवी अशोक गौतम, भाइ इन्टिच्युटका प्रबन्धक तथा बरिस्ठ व्यक्तित्व निलम अधिकारी, रोट्याक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष दिपक चापागाईं, राजनीति विश्लेषक मेघराज भट्टराई र मदन भण्डारी एकेडेमी सैनामैनाका अध्यक्ष यमलाल खरेल गरि ७ जनालाई सल्लाहकारमा छनोट गरिएको संस्थाका सचिव विपिन नेपालले जानकारी दिए।