ध्यान के हो ? ध्यानमा बस्न मन लाग्ने टिप्सहरु

२१ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
230 Shares


ध्यान यस युगको बहुचर्चित शब्द हो । यस सम्बन्धी मानिसहरुका आ–आफ्ना धारणाहरु छन् । विभिन्न खाले धर्म सम्प्रदायहरुले पनि आ–आफ्नो मान्यता, सिद्धान्त, विश्वास अनुसार ध्यानको परिभाषा गर्ने गरेका छन् ।एक ध्यान केन्द्र या सम्प्रदायले अर्को ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यान लाई मात्र ध्यान र अन्यको ध्यानलाई हिन, कमसल, नादान इत्यादि भन्ने गरेको पनि पाइन्छ । यस्ता केन्द सयौंको संख्यामा भेटिन्छन् ।कसैले ध्यानलाई आफ्ना इष्टदेवको स्मरणको रुपमा परिभाषित गर्छन् भने कसैले अन्य प्रतिकमा एकाग्रता अभ्यास गर्ने कुरालाई जोड दिन्छन् । कसैले नृत्यलाई ध्यान भनेका छन् भने कसैले मूर्ति वा फोटो अगाडि धुप बाली सघन मनका साथ बस्नुलाई ध्यान भनेका छन् ।ध्यान सम्बन्धी यति धेरै मान्यताहरु देखा परेको स्थितिमा एक साधारण व्यक्तिले यो घन चक्करलाई कसरी बुझ्ने ? ध्यान केलाई भन्ने ?

ध्यानका लाभहरु क्सरी प्राप्त गर्ने ? कुन ठाउँ गएर ध्यान गर्ने ? उपाय के होला ? यो अहं प्रश्न छ ।खाँचो वैज्ञानिक परिभाषाको – आचार्यश्री पथिक भन्नु हुन्छ “जब कुनै दर्शन, अध्यात्म, राजनीतिक ज्ञान, अर्थशास्त्र या कुनै पनि विद्या या क्षेत्र नै किन नहुन, यदि विज्ञानलाई छोडेर जान्छन् भने ती क्षेत्रमा विभिन्न खालका मत, मान्यता, सिद्धान्त र सम्प्रदायहरु खडा हुन्छन्, जसले सत्यको परिपूर्ण व्याख्या गर्न सक्दैनन् । अनि त्यहाँ थुप्रै मतभेद सिर्जना हुन्छ, कलह सिर्जना हुन्छ, एक आपसमा अस्तित्वको संघर्ष शुरु हुन्छ ।”जसरी गणित र बाह्य विज्ञानको क्षेत्रमा, भौतिक विज्ञानका क्षेत्रमा भएका ज्ञान तथा उपलब्धिहरुमा आम मानिसको एक मत छ, त्यो त्यसभित्रको विज्ञानलाई स्वीकार्नुका कारणले भएको हो । आचार्यश्री पथिक भन्नु हुन्छ “ध्यानमा यदि विज्ञान जोडिन्छ भने यसले ध्यान सम्बन्धी चलेका सबै खाले बिखण्डनकारी मान्यता तथा भ्रमहरुलाई

निर्मुल गर्नुका साथै सबै मनुष्यलाई स्वास्थ्य, शान्ति,प्रेम, सद्भाव र आनन्द प्रदान गर्नेछन् र मनुष्य जीवनको गरिमा प्रदान गर्ने छन् । ”सहि सोच्ने र धैर्य राख्नेः ध्यान एक सजिलो क्रिया हो, यो समय ध्यान योगको लागि हो भनी सोचेर बसेमा ध्यान बढ्छ, तपाइँको ध्यान भंग नहोस् भन्नेमा सोचिराख्नु पर्छ ।नियमित बस्नुपर्छ दैनिक ध्यान गनूृपर्छ, यो एक बानी बसाल्नुपर्छ । बानी एक अटोम्याटिक सिस्टम हो जसलाई सोच्न नै पर्दैन । जब कसैले आफुलाई मन पर्ने कार्य गर्दा एक ध्यानको मुद्रामा नै हुन्छ । दिनदिनै ध्यान गर्नाले स्वभावको हिस्सा बन्छ ।मन्त्र पढ्नेः मनलाई कसैको कुरामा केन्द्रित गर्नुपर्छ , आफ्नो सास–प्रक्रियाबाट सकरात्मक विचार, मन्त्र, कोही महान व्यक्ति, देवी–देवताको गुणमा केन्द्रित गर्नु आवश्यक हुन्छ जसलाई आफुले अपनाउन चाहान्छौ ।

विचार प्रवाह देख्नेः ध्यान गर्ने समयमा मनमा विचारको कडि चल्छ, एक विचारबाट नयाँ विचारको जन्म हुन्छ । माले लगातार खोतलेर बाहिर निकाली रहन्छ । यसक्रममा विचारलाई आउन जान दिने तर उत्तर दिएर विचारलाई बढाउनु हुँदैन । केही दिन यस्तो प्रकारको प्रयासको नजरअन्दाज गरेमा विस्तारै विस्तारै विचार–श्रृखला रोकिन्छ ।कल्पनाशिलताः कल्पना गर्नुहोस् हाम्रो शरीर एक भाँडो जस्तै हो जसमा आत्मा तरल जस्तै हुन्छ । यो नदीमा लगातार बगेजस्तो हो, अझै स्थिर बसेर कल्पना गरेमा अंगबाट सबैलाई सकेट्दै टाउको तिर आउछ ।जुन जुन अंगबाट निक्लिन्छ उक्त अंग शान्त हुन्छ । बन्द आँखाको आँखी भौ को बिन्दुमा बन्द आँखालाई हेरेर कल्पना गर्नुहोस् उक्त समयमा तरल पद्धार्थ बद्यन भई उहि बिन्दुमा केन्द्रित भएको छ । अन्तमा यो एक उज्यालो बिन्दु झै चम्किन्छ । शरीरको बाँकी सबै भाग बिसर्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया