गुल्मीमा कालोवाजारी र मंहगीमा ने.बि.संघ र तरुण दलको बिरोध

प्रकाशित मिति:

रमेश बिश्वकर्मा
गुल्मी कात्तिक ७ / दैनिक उपभोग्य सामाग्रीमा भएको कालो बजारी र मुल्यवृद्धिको नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ गुल्मीले बिरोध जनाएको छ । उनीहरुले बुधबार (आज) संयुक्त बिज्ञप्ती मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण सहित बिरोध जनाएका हुन् । नेपाल बिद्यार्थी संघका का.वा जिल्ला अध्यक्ष झबिन्द्र पाण्डेय र तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीको हस्ताक्षरित ज्ञापन पत्रमा विजया दशमीको मौका छोपी जिल्लामा कालो बजारी मौलाएको, सामानको महंगी र मिसावटको व्याप्त रहेको जनाइएको छ । साथै बिज्ञप्तीमा जिल्लाको एक आयल स्टोर्सबाट खुलेआम मिसावट सहित पेट्रोलियम पदार्थको बिक्री गरिएको र उक्त कार्य देख्दा देख्दै पनि वेवास्ता गरिएको भन्दै यसलाई तत्काल नियन्त्रण गर्न तर्फ प्रशासनको ध्यानाकर्षण गराउँदै त्यस तर्फ सम्बन्धित पक्षको ध्यान नपुगे कडा आन्दोलनको घोषणा गर्ने समेत ज्ञापनपत्रमा जनाईएको छ ।