जापानमा कोरोना भाइरसको संक्रमण उच्च

प्रकाशित मिति:

एजेन्सी /जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्क अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।समाचार संस्था सीएनएनका अनुसार मार्चको अन्तिम जापानको न्यूयोर्कमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना र शुक्रबारसम्म ८९ जना नयाँ संक्रमित देखिएका छन् ।कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले टोकियोमा अहिलेकै दरमा संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।

‘जापान सरकारले अहिले नै संक्रमण रोकथामका लागि तत्कालै कदम चाल्न जरुरी छ, सरकारी वेवास्ताले गलत बाटो लिइरहेको छ,’ लावटाले भने,’ यही अवस्था भए टोकीयो अर्को न्युयोर्क हुनसक्छ ।’न्युयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २९ सय मानिसको मृत्यु भइसकेको छ ।जापानमा कोरोना भाइरसबाट शुक्रबार अवेरसम्म ७४ जनाको मृत्यु भएको छ भने ३ हजार ३२९ जना संक्रमित भएका छन् ।-खबरहब बाट साभार