लकडाउन एक हप्ता लम्बाउन बिज्ञहरुको सुझाव

२२ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, चैत्र २२ : कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एकसाता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको बुझिएको छ । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको सरकारले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले यो समयमा नेपाल छिरेकाहरुको नमुना परीक्षण रिपोर्टको अध्ययन नगरी लकडाउन खोल्दा जोखिम बढ्नेमा विज्ञहरु एकमत देखिएका छन् ।

क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनपछि मात्र लकडाउन खुलाउन उपयुक्त हुनसक्नेबारे सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया