बर्दघाट १० पुन : ४० घरपरीवारलाई वडा द्धारा राहात बितरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
२०७६ चैत २२
बर्दघाट । बर्दघाट नगरपालिका रहेका आज वडा नम्बर १० मा रहेका अति विपन्न ४० घर परिवारहरुलाई वडा द्धारा राहत बितरण गरीको छ । अति बिपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने र जसको घरमा तत्कालको लागी चुल्हो बोल्न समेत गा¥हो हुने खालका पारीवारहरुलाई राहात प्रदान गरीएको बर्दघाट नगरपालिका वाड नम्बर १० का वडा अध्यक्ष राजु मिश्रले बताउनु भयो । मिश्र भन्नुहुन्छ –“शुक्र वार पहीलो चरणमा ६१ घर धुरीलाई नगरपालिकाको सहयोगमा राहात वितरण गरेका थियौ भने आज फेरी वडा समितिकै सहयोगमा वडा कार्यलयले ४० घर धुरीलाई राहत वितरण गरिएको छ । ”


वडाले अति विपन्न घर परीवारहरुको लागी घर घरमै पुगेर राहात सामाग्री वितरण गरेका छ । आज वितरण गरीएको राहात सामाग्री स्वरुप १० केजि चामल, २ केजि दाल, आदा केजि तेल, १ केजि नुन र एक पिस सामान बितरण गरिएको छ । राहात वितरणमा वडाध्यक्ष राजु मिश्र,वडा सदस्य घनलाल चापागाई र स्थानिय रामजी चापागाई लगायत टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।