भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा

प्रकाशित मिति:
विश्वमा नै माहामारीका रुप लिईरहेको कोरोना भाईरसको कारण देश नै लकडाउनमा रहेको छ । यो अवस्थामा भीरकोट नगरपालिकाले भने आफ्ना नागरिकलाई स्वास्थ्य तथा अन्य समस्या आई परे नगरपालिकाले नै यातायात उपलव्ध गराई सम्वन्धीत ठाँउ सम्म लैजाने भएको छ ।  अतिआवश्यक स्वास्थ्य सेवाहरु लिन, डायलोशिस गर्न, गर्भवती तथा बिभिन्न खाले दुर्घटना आई परेमा त्यस्को जिम्मा नगरपालिकाले लिने नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
साथै नगरपालिकाले अतिविपन्न तथा मजदुर जसको घरम चुल्हो बोलेको छैन त्यसलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएको छ । बिज्ञप्ती सँगै सम्पर्कका लागि बिभिन्न फोन नम्वरहरु समेत उपलव्ध गराएको छ ।
नगरपालिकाले निकालेको बिज्ञप्तीमा भनिएको छ “सम्पुर्ण मानव समुदायलाई असर परेको COVID-19 को प्रकोपको समयमा Lock Down का कारण यहाँहरु जो कसैलाई स्वास्थ जाच गर्न, नियमित डायलोशिस गर्ने, गर्भवती तथा सुत्केरी महिला र अन्य दुर्घटना मा परि यातायातको साधन उपलब्ध नभएका कारणले उपचारमा जान कठिनाई पर्न सक्ने संभावनलाई आत्मासात गरि त्यस्तो विषम परिस्थितिमा यस नगरपालिकाका वडा कार्यालय वा सिधै नगरपालिकामा पनि सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ । साथै यस विषम परिस्थितिका कारण भोकमरीको समस्या उतपन्न हुन सक्ने हुदाँ दैनिक ज्यालादारी गरि गुजारा गर्ने र अन्य विशेष परिस्थितिका कारण खाद्य संकट उतपन्न भई चुलो जल्न नसकेका घर परिवारहरुलाई आ(आफ्नो वडामा तथा सिधै नगरपालिकामा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ । यस विज्ञप्ती अनुसारको सेवा प्राप्त गर्न नागरिकहरुलाई सामाजिक संघ सस्था राजनैतिक दल साथै समाजका सबै प्रबुद्ध वर्गले सुचना सन्देश प्रवाह गरि सेवामा संलग्न गर्न गराउन सहयोग प्रदान गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।”