गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा

प्रकाशित मिति:

नयाँ दिल्ली चैत २२ . भारतको नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालका डाक्टर, नर्ससहित १०८ स्टाफ क्वारेन्टाइनमा बसेका छन्।

केही सयमअघि उपचारका लािग आएका दुई बिरामीमा कोरोनाको भाइरसको संक्रमण पाइएपछि गंगाराम अस्पतालका १०८ स्टाफ क्वारेन्टाइनमा बसेका छन्। ती दुई बिरामीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन्।

१०८ मध्ये ८५ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने अन्य २३ जना अस्पतालमै क्वारेन्टाइनमा छन्। उनीहरुलाई कडा निगरानीमा राखिएको बताइएको छ। अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको सर गंगाराम अस्पतलका प्रवक्ताले बताएका छन्।

‘भारतमा रुखाखोकीको उपचारका लागि आउने सम्पूर्णको कोरोना परीक्षण अनिवार्य गरिएको छ। सोही अनुसार उनीहरुको पनि परीक्षण गरिएको हो,’ ती प्रवक्ताले भनेका छन्, ‘रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको सम्पर्कका आएका सम्पूर्ण स्टाफलाई क्वारेन्टाइनमा राखेका छौं।’

चार दिनअघि ती दुई सामान्य रुघाखोकीका बिरामी उपचारका लागि गंगाराम अस्पताल पुगेका थिए। उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपनि अस्पतालले दुवैको कोरोना परीक्षण गरेको थियो। परीक्षणपछि दुवैमा कोरोनाको संक्रमण देखिएको थियो।

यसैबीच, बुधबारमात्रै भारतमा चार डाक्टर र दुई नर्समा कोरोनाको संक्रमण पाइएको थियो। दिल्लीका सफदरजंग र सरदार बल्लभ भाइ पटेल अस्पतालका तीन डाक्टर तथा मुम्बईका एक डाक्टर र दुई नर्समा कोरोना संक्रमण देखिएको हो। उनीहरु सबैलाई आइसोलेसनमा राखिएको छ।Ph]G;L jf6 ;fef/ u/LPsf] sf7df8f} k|; df k|sfzLt