मिर्मिका व्यवसायीले गरे विभिन्न सहयोगको घोषणा,जन्मदिनको अवसरमा भट्टराईले गरेे माक्स र स्यानेटाईजर वितरण

प्रकाशित मिति:

मिर्मिका व्यवसायीले गरे विभिन्न सहयोगको घोषणा,जन्मदिनको अवसरमा भट्टराईले गरेे माक्स र स्यानेटाईजर वितरण चैत २१ वालिङ स्याङ्जाको कालिगण्डकि गाउँपालिका मिर्मि ७ फांटका मेडिकल व्यवसायी एकनारायण भट्टराईले जन्मदिनको अवसरमा मिर्मि फांटबासीलाई घरमै तयार गरिएको १० लिटर स्यानिटाईजर र १०० वटा माक्स वितरण गरेका छन् । कालीगण्डकी गाउँपालिका वार्ड नम्बर ७ मा सुरज मेडिकल कर्नर सञ्चालन गरेका भट्टराईले जन्म दिनको अवसरमा दर्जनौं घरहरुमा पुगेर स्यानिटाइजर र माक्स वितरण गरि सहयोग गरेका हुन । विश्वरभर महामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमणबाट सबै क्षेत्र अस्तव्यस्त र त्रसित भइरहेका वेला जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा स्थानीयको अवश्यकतालाई मध्यनजर गर्दै उक्त सामग्री प्रदान गरेको बताए । यस्तै मिर्मिका अर्का व्यवसायी प्रकाश भट्टराई मिर्मि बजारका विभिन्न चोकमा सर्वसाधारणका लागि हातमुख धुने पानीको ट्याङ्की र साबुन पानीको व्यवस्था मिलाएका छन् भने कोही बिरामी भएमा निशुल्क गाडी उपलब्ध गराउने बताएका छन् । यस्तै मिर्मिकै अर्का होटल व्यवसायी चक्रपानी न्यौपानेले अवश्यक परे होटल उपलब्ध गराउने घोषणा गरेका छन् ।