कोरोनाका कारण अमेरिकामा एकै दिन १ हजार बढीको मृत्यु,

प्रकाशित मिति:

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ । अमेरिकामा एकैदिन ३२ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख १० हजार १३३ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १४ हजार ७४१ जना उपचारपछि निको भएका छन् । ८ हजार २०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ८६ हजार ९५० जना उपचाररत छन् ।यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।