जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिति:

जुम्ला– जुम्लाको नाग्म गमगडी सडक खण्डकाे हिमा गाउँपालिका वडा नं १ वड्कीमा जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। गम्भीर घाइते चार जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालका अनुसार मृत्यु हुनेमा तिला गाउँपालिका घर भएका ३२ वर्षीया जानकी सार्की, २६ वर्षीय उनका श्रीमान लाले सार्की र ८ महिने छाेरी महिमा सार्की रहेका छन्।

खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको डिएसपी रिजालले जानकारी दिए। दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको थियाे ।

थप समाचार