स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताप्रति नेविसंघको ध्यानाकर्षण

२३ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाल कांग्रेसको भातृ संगठन नेपाल विद्यार्नी संघले कोरोनासँग जुध्न आवश्यक औषधी र उपकरण खरिदका प्रसंगमा उठेका बिभिन्न प्रश्नबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।नेविसंघका अध्यक्ष राजीव ढुंगानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छन्, औषधी र उपकरण प्रमुख आवश्यकता हो, तर खरिद गर्ने नाममा अपारदर्शी र अनियमितता नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन् । गम्भीर बिपत्तिको यस क्षणलाइ कसैले पनि आर्थिक लाभ गर्ने समयका रुपमा लिन्छ भने त्यो अपराध हुने नेबिसंघले जनाएको छ ।

नेविसंघले विज्ञप्तिमार्फत सरकारलाई चार प्रश्‍नसमेत गरेको छ । संघले कोरोना संक्रमण देखिएलगत्तै बिभिन्न जनचेतना र सचेतनामुलक कार्य गर्दै आईरहेको नेबिसंघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिए ।महामारी बिरूध्दको लडाइँमा हामी सरकारको साथमा छौं र रहिरहनेछौ तर महाविपदका समयमा पनि हुने, गरिने अनियमितता तथा भ्रष्टाचार र कमीकमजोरीका बिषयमा हाम्रो खवरदारी जारी छ र रहने समेत पाण्डेयले वताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया