कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाद्धारा राहत कोशलाई २५ हजार सहयोग

२३ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
38 Shares


गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गल्याङ नगरपालिकाको राहत कोशमा २५ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष महेश भट्टराईले संस्थाकै कार्यालयमा यो रकमको चके नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।  चेक रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गर्नका लागि खोलिएको राहत कोशमा रकम जम्मा गरेकोमा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिनुभयो ।

उहाँले सबैको सानो सानो सहयोगले पनि धेरै पिडितहरुको चुलो बल्न सक्ने भएकाले सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । एकद्धार प्रणालीबाट मात्रै सहयोग गर्ने नीति भएकाले गल्याङ नगरपालिकाको राहत कोशमा सक्दो रकम जम्मा गरी सहयोग गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो । कोरोना भाइरसबाट साबधानी अपनाउन देश लकडाउनको अवस्थामा भएको भन्दै यो कहिले सकिने भन्ने केही टुङ्गो नभएको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘राजनीतिक आन्दोलनको बन्द भए त वार्ता होला, सहज होला भन्ने हुन्थ्यो तर यो विश्वलाई आक्रान्त पारेको कुरा भएकाले सबै उत्तिकै जिम्मेवार र साबधानी हुन जरुरी छ ।’रकम हस्तान्तरण कार्यक्रममा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईले विपदमा परेकाहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने हेतुले आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो । वडा नम्बर तीनका अध्यक्ष समेत रहनुभएका भट्टराईले सक्दो सहयोग गरेर विपदको सामना गर्ने अभियानमा हातेमालो गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे सहित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया