धेरै अमेरिकीको ज्यान जान सक्ने ट्रम्पको चेतावनी

प्रकाशित मिति:

काठमाडौं, चेत्र २३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन्। शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

‘दुर्भाग्यवश धेरैको ज्यान जान सक्छ’, राष्ट्रपति ट्रम्पले भने, ‘सायद यो साता र आउँदो साताका बीचका दिन सबभन्दा जटिल हुनेछन्।’ हालसम्म अमेरिकामा ८ हजार ४०७ को कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने ३ लाख ८ हजार ८५० मा संक्रमण पुष्टि भइसकेको छ।चीनको वुहानबाट गत डिसेम्बर अन्तिमदेखि सुरु भएको कोरानाबाट विश्वभर १२ लाख बराबर मानिस संक्रमित भइसकेका छन्। त्यस्तै ६४ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।