विश्व शान्तिको कामना गर्दै दिप प्रजलन

प्रकाशित मिति:

चैत्र २१, बुटबल । मिलन पंगेनी

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम निवासि सन्देश पोखरेलले हाल विश्वमा महामारीको रूप लिएको कोरोना भाइरसले गर्दा हजारौँले ज्यान गुमाउनु परेको र लाखौँ मानिस हरु उक्त भाइरस बाट संक्रमित भएको अवस्थामा विश्व शान्तिको कामना गर्दै दिप प्रजलन गरेका छन् ।

सामाजिक कार्यमा अग्रसर संस्था रोट्रयाक्ट क्लब अफ रूपन्देहीका साधारण सदस्य समेत रहेका पोख्रेलले सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, संघ – संस्थाले यो दुःखद् समयमा आफ्नो सक्दो सहयोग र प्राथना गर्न सबैमा अनुरोध गरे ।

देशमा लकडाउन भई रहेको बेला सम्पूर्ण देशवासीहरु लाई सरकारले लागू गरेको नियम पालना गरी देश र समाजलाई कोरोना भाइरसको कहर बाट बचाउन साथै सभ्य र जिम्मेवार नागरिक को भुमिका निर्वाह गर्न जरुरी रहेको बताए ।

उनका अनुसार ” लकडाउनको बेला बाहिर नगइ केही गर्न नपएको बेला सबै जनाले प्राथना गरौ ।भनिन्छ प्राथनामा शक्ति हुन्छ। के भर कतै प्रकृतिले प्राथना पो सुनिदिने हो कि? ”