गुल्मीमा जीप दुर्घटना एक जनाको मृत्यु

७ कार्तिक २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


रमेश वि.क.

गुल्मी ।

गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै गरेको थियो । दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुवंर र २६ बर्षिया करिश्मा कुवर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए ।

गम्भिर घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ । दुर्घटनामा १३ बर्षिय रोशन केशी, ६५ बर्षिय बेल कुमारी कुवंर, १४ बर्षिय रविन कुवर, ५२ बर्षिय कमला केशी, ३३ बर्षिय कल्पाना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षियाा पवित्रा केशी, १२ बर्षिय अर्जुन केशी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुश्मा मुखिया, ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुवंर घाइते भएको प्रवक्ता खड्काले बताए ।
उनीहरु सवैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । ओभरलोड र कच्ची उकालो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर