नेपाल अपाङ आश्रमलाई तिलोत्तमा एक व्यक्तिले नगद सहयोग गरे

प्रकाशित मिति:

बुटवल, २३ चैत । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ आश्रमलाई तिलोत्तमा एक व्यक्तिले नगद सहयोग गरेका छन् । विगत २४ बर्ष देखि बेलायतमा रोजगारीको सिलसिलामा बस्दै आएको तिलोत्तमा नगरपालिका वडा नं. ८ का यदुलाल पौडेलले आश्रमलाई नगद १ लाख २० हजार ३ सय रुपैया सहयोग गरेका हुन । दशैपछि बेलायत पुगेका उनले त्यहाँ रहेका नेपालीहरु संग उठाएको रकम आश्रमलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उक्त रकम आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई यदुलाल पौडेल र उनका छोरा सुनिल पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

आश्रमको अवस्था देखेपछि बेलायतमा रहेका नेपालीहरुबाट रकम उठाएर आश्रमलाई सहयोग गर्न पाएको उनले आफु हर्षित भएको र आगामी दिनमा पनि अझ बढि सहयोग गर्ने बताए । केही बर्ष अघि मणिग्रामको आत्मसान्ती अनाथ आश्रमलाई १ लाख ७७ हजार रुपैया सहयोग गरेका यदुलाल पौडेलले आश्रममा हस्तान्तरण गरेको रकम पारदर्शीताका साथ खर्च गर्न आग्रह समेत गरे ।आश्रममा अध्यक्ष डोल बहादुर रामदामले आश्रमलाई सहयोग गरेको रकम अक्षयकोषमा राख्ने बताए । आश्रममा ३१ जना विभिन्न अपाङगता भएका बालबालिकाहरु रहेका छन् ।