काग्रेशको कोरना भाईरस संक्रमण रोकथाम का लागि सहयोग

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली चैत्र २३, मसुरीया (देउखुरी दाङ) नेपाली काग्रेश क्षेत्र नं १ र  राप्ती गाउँपालिका पार्टिको तर्फवाट रु २५ हजार नगद रकम राप्ती गाउँपालिकाको कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिलाई हस्तान्तरण गरिएको छ । नेपाली काग्रेश क्षेत्र नं १ र  राप्ती गाउँपालिका पार्टिकोे तर्फवाट कोरना भाईसरको  संक्रमण बाट बच्च लगडाउन गरिएको अवस्थामा दाङ जिल्लाको राप्ती गाउँपालिकाका वडाहरुमा कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्यका लागि हातेमालो स्वरुप  रु २५ हजार रुपैया सहयोग गरेको हो  ।

नेपाली काग्रेश पार्टिका नेता कार्यकर्ताहरुको सहभागीतामा प्रथम चरणको सहयोग स्वरुप यो सहयोग गरेको रकम हस्तान्तरण गर्दै पुर्व प्रतिनिधि सभा सांसद समेत रहनु भएकी काग्रेश नेत्रि शुसिला चौधरीले बताउनु भएको छ ।राहत सहयोग बुझ्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिले विश्व ब्यापी समस्याबाट जुध्नका लागि स्थानिय सरकारलाई नेपाली काग्रेश राप्ती गाउँपालिका पार्टिको तर्फवाट आर्थिक रकम कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्माहुने गरि प्रदान गरेकोमा धन्यवाद दिदै रकमको पारदर्शिरुपमा प्रयोग गरिने बताउनुभएको छ ।