अत्याधिक पर्यटक आउन थाले पछी स्थानीय द्धारा वाटो वन्द

प्रकाशित मिति:

चुत्र महत  चैत २३ , वालिङ्ग  कोरोना भाइरसको वढ्दो संंक्रमणको कारण विश्व यती वेला भयानक अवस्थामा गुज्रीयको छ । दिनानुदीन कोरोना भाइरसका संंक्रमितहरु वढ्दै गइरहेका छन् । यसै अवस्थालाई मध्य नजर राख्दै वालिङ्ग नगरपालिका वडा न १० वर्तृुङ्ग मा रहेको पर्यटकीय स्थल ध्वाङ्गखोला मा आन्तरीक तथा वाह्य पर्यटकहरुको वढ्दो आवत जावत वढेसँगै वालिङ्ग १० वर्तुङ्गका स्थानीय वासिन्धाले आज सामुहिक रुपमा वालिङ्ग नगरपालिका वडा न १० वर्तृुङ्ग जाने पर्यटकीय स्थल ध्वाङ्गखोला जाने वाटो वन्द गरेका छन ।  स्थानीय पर्यटकीय क्षेत्रको विकास एंव प्रबद्धन गर्नु पर्ने स्थानीएको दायित्व भएपनि महामारीको रुप लिएको कोरोना भाइरसको कारण यो कदम चाल्न परेको स्थानीय निशान्त सुवेदीले वताए ।  स्थानीय हरुको सहभागतिामा पर्यटकीय स्थल ध्वाङ्गखोला जाने वाटो वन्द गरीएको हो ।
कोरोना भाइरसको कारण नेपाल सरकारले गरेको लकडाउन अन्त्य नभए सम्म यस पर्यटकीय क्षेत्र ध्वाङ्गखोला वन्द हुने समेत सुवेदीले वताए ।