कोरोना नियन्त्रणमा डिभी एजुकेशनको मास्क सहयोग

प्रकाशित मिति:

काठमाडौं चैत २३ । कोरोना नियन्त्रणमा सहयोग पुराउने उद्धेश्यका साथ डिभी एजुकेशनले विभिन्न निकायलाई थप ४५ सय थान मास्क वितरण गरेको छ । डिभी एजुकेशनले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई दुई हजार थान सर्जिकल मास्क हस्तान्त्रण गरेको हो । डिभी एजुकेशनले आइतबार काठमाण्डौ उपत्यका प्रहरी प्रमूख विश्वराज पोखेरललाई भेटी मास्क हस्तान्त्रण गरेको हो । लकडाउनलाई सफल बनाउन अग्रभागमा खटिएका सुरक्षाकर्मीको स्वास्थ्य र उच्च मनोवलका लागि मास्क उपलब्ध गराइएको संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले जानकारी दिए ।
त्यस्तै, आइतबारै काठमाडौं महानगरपालिका वडा नं ३२ मा वडा सदस्य राजेन्द्र न्यौपाने र एकिकृत उपभोक्ता संघ सुविधानगरलाई स्थानीय नागरिकले प्रयोग गर्ने गरि संघका अध्यक्ष मदन शिवाकोटी मार्फत एक हजार थान सर्जिकल मास्क हस्तान्त्रण गरिएको छ । डिभी एजुकेशनले नेशनल हस्पिटल जावलाखेललाई पाँच सय थान र कालीगण्डकी गाउँपालिका स्याङ्जाकोलागि गाउँपालिका अध्यक्ष खिम बहादुर थापा मार्फत एक हजार थान सर्जिकल मास्क उपलब्ध गराइएको डिभी एजुकेशनले जनाएको छ । काठमाडौमा ट्रिटन इन्टरनेशनल कलेज, शुभश्री एकेडेमीक इन्टरनेशनल कलेज र सेफर्ड कलेज संचालन गर्दै आइरहेको डिभी एजुकेशनले आगामी दिनमा पनि सामाजिक उत्तर दायित्व बहन गर्दै थप सहयोग गर्दै जाने अध्यक्ष शाहले बताए । डिभी एजुकेशनको मातृसंस्था डिभी ग्रुपले गत हप्तामात्र प्रदेश नं २ मा १० हजार थान मास्क सहयोग गरेको थियो ।