विपन्न ३५ घरपरिवारलाई थ्रि ब्रदर्श अटो मोवाईलद्वारा खाद्यान्न सहयोग ।

प्रकाशित मिति:

कौरव खत्री  बागलुङ २३ चैत । गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटी निवासी युवा व्यवसायी केहरसिंह खत्रीले गरिव अशक्त तथा अति विपन्न ३५ घरपरीवारलाई रु १ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेका छन् ।

थ्रि ब्रदर्श अटो मोवाईल तथा घुम्टे मोटर पार्टसका सञ्चालक समेत रहेका खत्रीले गलकोट नगरपालिका वडा नं. १ का अति विपन्न र गरिव र ज्याला मजदुरी गर्ने विपन्नको सहयोगी बनेर राहत खाद्यान्न सामाग्री सहयोग गरेका हुन । गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र वहादुर बुढाथोकीको सहभागितामा राहत सामाग्री वितरण गरिएको थियो ।

राहत सामाग्रीका सहयोगी केहरसिंह खत्रीले विगत लामो समय देखि हटिया बजारमा व्यावसाय गर्दै आइरहेका छन् । कोरोना भाईरसवाट बच्नको लागि र संक्रमण फैलिन नदिनको लागि वडाभित्र सचेतना फैलाउन माईकिङ समेत गरिएको छ । विपतको बेलामा गरिव अशक्त तथा अति विपन्न परिवारलाई सहयोग गरेकोले युवा व्यवसायी खत्रीलाई वडा कार्यालयले धन्यवाद दिएको छ ।