चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने

प्रकाशित मिति:

काठमाडौं/नायिका पूजा शर्माले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न भन्दै २ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेकी छिन् ।उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो तर्फबाट २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी हुन् ।कोरोना भाइरस संक्रमण फैलिने भन्दै सरकारले गरेको लकडाउनका कारण चलचित्र प्राविधिकहरुले काम पाएका छैनन् । काम नपाउँदा प्राविधिक तथा स्पटब्यायहरु समस्यामा परेका छन् । उनीहरूको सहयोग गर्न भन्दै नेपाल चलचित्र प्राविधिक संघले सहयोगको अपिल समेत गरेको थियो ।

‘कोरोना संक्रमणका कारण नेपाली चलचित्रका केही प्राविधिकहरु समस्यामा हुनुहुन्छ,’ पूजाले लेखेकी छिन्, ‘संकटको यो घडीमा मैले आफ्नो तर्फबाट नगद २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने जानकारी गराउँछु ।’साथै पूजाले सबैलाई सचेत रहन र घरमै रहन पनि अनुरोध गरेकी छिन् । पूजाको अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० मा रिलिज हुने भनिएको थियो । कोरोना प्रभावका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको थियो ।-खबरहब बाट साभार