कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न घरघरमा दीप प्रज्वलन गरीयो

प्रकाशित मिति:

बुटवल । ज्योतिषीहरुले राति दीप प्रज्वलन गर्न आग्रह गरे अनुसार नेपाल तथा भातरमा दिप प्रज्वलन गरीएको छ । ज्योतिषीय हिसावमा हीजो राति ७ देखी ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरीएको थियो । कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषीहरुको ठहर थियोभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत हीजो राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका थिए । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।