बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
47 Shares


काठमाडौं/बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् ।आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा” चालिएको बताइएको छ।सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छस् “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।”“कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।”प्रधानमन्त्री कार्यालयकी प्रवक्ताका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…