ढिस्कोले पुरिएर सप्तरीमा दुई बालकको मृत्यु

प्रकाशित मिति:

सप्तरी / सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

निशान र निकेश उनीहरु दुवै जना घर नजिकै रहेको गौरी खोलामा खेलिरहेका बेला ढिस्कोले पुरिएर मृत्यु भएको बताइएको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सप्तरीले जनाएको छ।खबरहब बाट साभार