नवलपरासीमा काङ्ग्रेसले गर्यो स्थानिय तहमा ९ लाख बराबरको राहत बितरण

प्रकाशित मिति:
मुक्ती तिवारी
नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानिय तहमा करिब ९ लाख बराबरको खाध राहात बितरण गरेको छ।
जिल्ला कार्यसमितिको संयोजन तथा तरुणदल जिल्ला कार्यसमिति को सह संयोजनमा १७५ क्विन्टल चामल स्थानिय तहका प्रमुखहरुलाइ हस्तान्तरण गरिएको थियो।
सबै स्थानिय तहमा २५÷२५ क्विन्टल चामल पुग्ने गरि राहत उपलब्ध गराईएको कार्यबाहक सभापति अर्जुन कुमार पोखरेलले जानकारी दिए।बिपदको घडिमा राज्यलाई सघाउने उदेश्य का साथ अति बिपन्न र मजदुरी बाट बन्चित भएकाहरुलाई खाद्ध संकट नपरोस भन्ने मनसायले राहात बितरण गरिएको उनले बताए। यसै गरि संविधान सभा सदस्य बिक्रम खनालले लकडाउनका समयमा आम बिपन्न र मजदुरी गरि हुदा खानेहरुको समस्या प्रती राज्य गम्भीर भएर लाग्नु पर्ने पर्ने धारणा ब्यक्त गरे ।
जिल्लाका नेतृत्व र कार्यकर्ताहरुबाट रकम संकलन गरि राहत उपलब्ध गराईएको तरुण दल अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।उनले वैदेशिक रोजगारी बाट आएकाहरुको अभिलेख राखी सम्बन्धित निकायमा जानकारी गर्नकालागि समेत सबै तरुण कार्यकर्ताहरुलाई निर्देशन दिएको बताए। बितरण कार्यक्रम मा सम्बिधानसभा सदस्य देवकरण कलवार,जिल्ला सदस्य बिस्वप्रेम पाठक,कुलदिप आचार्य लगायतको सहभागीता रहेको थियो। पश्चिम् नवलपरासीमा ३ नगरपालिका र ४ गाउपालिका रहेका छन।