न्यु भिजन मिडियाद्वारा राहात कोषमा सहयोग

प्रकाशित मिति:

शान्ति तिवारी

बर्दघाट चैत्र २४ । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । सो ११ हजार १ सय ११ रुपैया रकम बराबरको चेक प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेले बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याललाई प्रदान गरेको प्रालिले जनाएको छ ।
त्यस्तै मिडिया क्षेत्रलेबाट सानो सहयोग भएपनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि सहयोग गरेको पाण्डेयको बताउनुभयो ।चेक हस्तान्तरण पछि नगर प्रमुख बस्यालले मिडिया सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मिडियाको सहयोगले अतिविपन्नका लागि ऐक्यबद्धता तथा सन्देश प्रवाह गरेको बताए ।