रोटरी क्लव रुपन्देही द्धारा सहयोग

प्रकाशित मिति:

रोटरी क्लव रुपन्देहीले कोरोना ( कोभिड-१९) भाईरस रोकथाम र नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाको विशेष राहत कोषमा रु.५१०००/(अक्षरेपी एकाउन्न हजार रुपैया) सहयोग रकम प्रदान गरेको छ । सहयोग रकम हस्तान्तरण गर्दै रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष रो. सुरज खत्रीले तिलोत्तमा नगरपालिका संग कोरोना भाईरस विरुद्धको लडाईमा क्लव संगै रहेकोले कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग रकम प्रदान गरेको वताउनु भयो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख श्री वासुदेव घिमिरेले दिनहु श्रम गरेर मात्र खाने मजदुर वर्ग ,अति विपन्न परिवारको सहयोग तथा कोरोना रोकथाम र नियन्त्रणका लागि सहयोग रकम खर्च गरिने वताउदै सहयोगको लागि रोटरी क्लव अफ रुपन्देही लाई धन्यवाद व्यक्त गर्नु भयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा रोटरीयन् हरु श्री राजकुमार पाण्डे, सुवोध भट्टराई, प्रकाश पाण्डे विष्णुप्रसाद पौड्याल तथा राजनीतिक तथा समाजसेवी व्याक्तित्व श्री सुरेन्द्र कुमार वर्मा, नगरका स्वास्थ्य अधिकृत द्वय,गणेश गौतम, ईश्वरी पौड्याल र विष्णुप्रसाद अर्याल समेतको उपस्थिति रहेको थियो ।