लकडाउनको अवधि वैशाख ३ सम्म थप्ने सरकारको निर्णय

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, चैत २४ । सरकारले लकडाउन वैशाख ३ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया